site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानडाविरुद्ध ओपनर अनिल र भीमबीच ब्याटिङमा कीर्तिमानी साझेदारी

काठमाडौं । एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालका ओपनर ब्याटर अनिल साह र भीम सार्कीले ब्याटिङमा कीर्तिमानी साझेदारी गरेका छन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट ओपनर अनिल र भीमले दोस्रो विकेटका लागि कीर्तिमानी साझेदारी गरेका हुन् ।

Dabur Nepal
NIC Asia

यी दुईले जारी खेलमा दोस्रो विकेटका लागि १५१ रनको साझेदारी गरिसकेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो विकेका लागि यसअघि ज्ञानेन्द्र मलल र आसिफ सेखले गत वर्ष त्रिवि क्रिकेट मैदानमै नामिबियाविरुद्ध १३९ रनको साझेदारी गर्दै यो कीर्तिमान राखेका थिए ।

जारी खेलको ३८ ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर १९७ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका अनिल ८८ र भीम सार्की पनि ८८ रनमा खेलिरहेका छन् । नेपाली टिमको खातामा अर्का ओपनर कुशल भुर्तेलले १३ रन थपेका थिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रनको योगफल खडा गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro