site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली डलर देखाएर नौ लाख रुपैयाँ लुट्ने एकजना पक्राउ 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नक्कली डलर लेखाएर नौ लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का दिलकुमार लामा छन् । 

लामासहितको समूहले तेह्रथुमको म्याङलुङ–९ का गिरिराज लिम्बूलाई सस्तोमा डलर खरिद गर्ने र पछि साट्दा फाइदा हुने भन्दै प्रलोभनमा पारेका थिए । उनले नक्कली डलर देखाएर नौ लाख नेपाली रुपैयाँ बराबरको डलर खरिद गर्न लगाएका थिए ।

असोज १२ मा उनीहरूले लिम्बूलाई भक्तपुरको चाँगुनारायणमा डलरको झोला देखाएर लिम्बूको साथमा रहेको नौ लाख रुपैयाँ लिएका थिए । तर, लिम्बूले खरिद गरेको डलरको झोलाभित्र कागजको खोस्टोमात्रै भेटिएपछि उनी प्रहरीको पुगेका थिए । भक्तपुर प्रहरीले लामालाई सोमबार सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।

सोही मुद्दाका अर्का अभियुक्त सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का ३६ वर्षीय अमृतकुमार लामालाई भने भक्तपुर प्रहरीले २१ असोजमै पक्राउ गरेको थियो ।

Global Ime bank

हाल अमृत नख्खु कारागार चलान भएका छन् । जिल्ला अदालत भक्तपुरले अमृतलाई पाँच लाख रुपैयाँ धरौटी माग गरेको थियो । तर, धरौटी रकम तिर्न नसकेपछि उनी जेल चलान भएका हुन् ।

दिलकुमार भने त्यसयता फरार भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu