site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिविका निमित्त उपकुलपतिले गरेका नियुक्ति खारेज गर्न माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का निमित्त उपकुलपतिले गरेका पछिल्ला पदाधिकारीको नियुक्ति खारेज गर्न माग गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा सांसदहरूले यस्तो माग राखेका हुन् ।

निमित्त उपकुलपति प्रा. डा. शिवलाल भुसालले सहायक डीनलगायत हालै नौ पदाधिकारी नियुक्त गरेका छन् । “तीन महिनाका लागि नियुक्त गरिएका निमित्त भीसीले कुन कानुनमा टेकेर यति धेरै पदाधिकारी नियुक्ति गर्नुभयो ? अनि, उहाँ नै प्रतिस्पर्धाका लागि योग्य हुनुभयो ?,” सांसद सुमना श्रेष्ठले प्रश्न गरिन् ।

जवाफमा शिक्षासचिव सुरेश अधिकारीले अरू चार विश्वविद्यालयमा पदाधिकारी नियुक्त नगर्न निर्देशन दिइएको जानकारी गराए । त्रिविको विषय भर्खरको घटना भएकाले यसबारे छलफल नभएको उनले उल्लेख गरे ।

शिक्षामन्त्री काठमाडौंबाहिर रहेकाले फर्किएपछि यसबारे थप छलफल गरिने उनले जवाफ दिए ।

त्रिविमा नयाँ उपकुलपति छनोटका निम्ति १४ जना ‘सर्ट लिस्टेड’ गरिएका छन् । उनीहरूमध्ये अबको प्रक्रियाबाट सिफारिस समितिले तीनजनाको नाम सिफारिस गर्नेछ । तीमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई उपकुलपतिमा नियुक्त गर्नेछ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro