site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्यानडाविरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौं ।  क्यानडासँगको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डङ गर्ने निर्णय लिएका छन् । यससँगै क्यानडाले पहिला ब्याटिङ गर्नेछ ।

नेपालले यसअघि भएका दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई सात रन र दोस्रो खेलमा चार विकेटले पराजित गरेको थियो ।

आजको खेलमा नेपाल क्यानडालाई हराउँदै उक्त सिरिज ‘क्लिन स्वीप’ गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । क्यानडा पनि अन्तिम खेलमा जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

Global Ime bank

नेपालको प्लेइङ ११ मा कप्तान रोहितसहित अनिल साह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल र ललितनारायण राजवंशी छन् ।

क्यानडाको प्लेइङ ११ मा कप्तान साद बिन जाफरसहित आरोन जोन्सन, नवानित धलिवल, निकोलस कीर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, दिलप्रित बज्वा, श्रेयास मोभा, ईश्वरजोत सोहि, पर्गत सिंह र उदय भगवान सिंह छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu