site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गायक दुर्गेशमाथि जुत्ता प्रहार
फाइल तस्बिर ।

काठमाडौं । गायन तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार गरिएको छ । शनिबार राति स्याङ्जाको वालिङ महोत्वसमा गीत गाइरहेका बेला उनीमाथि जुत्ता प्रहार गरिएको हो ।

वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ महोत्सवमा प्रस्तुति दिन थापा स्याङ्जा पुगेका थिए । थापाले प्रस्तुति दिइरहेका बेला दर्शक प्रकाश डुम्रेले स्टेजतर्फ आफ्नो जुत्ता प्रहार गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एवं एसपी सञ्जय राउतले जानकारी दिए ।

एसपी रावतले बाह्रखरीसित भने, ‘हामीले डुुम्रेलाई नियन्त्रणमा लिएका थियौँ । तर, उनले मदिरा खाएको तालमा बढी एक्साइटेड भएर जुत्ता फालेको बयान दिए । जुत्ता दुर्गेशलाई लागेको होइन । आज (आइतबार) दुर्गेशसहित छलफलपछि डुम्रेलाई पनि छाडिसक्यौँ ।”

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro