site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रफाहामा इजरायली हवाई आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु
तस्बिर : एपी ।

गाजा । दक्षिणी गाजापट्टीसशहर रफाहस्थित एउटा घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।

घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन् । बम विस्फोटका समयमा धेरै विस्थापित उक्त घरमा बसिरहेका बताइएको छ ।

रफाहका मेयर अहमद अल–सुफीले शनिबार भने, “रफाहमा हालैका घण्टाहरूमा इजरायली गोलाबारी र विस्फोटका घटना बढेका छन् । पछिल्लो एक बीभत्स आक्रमणमा विस्थापित गाजावासी बसिरहेको एउटा घर निसानामा परेको छ ।”

इजरायलले रफाहमा सैन्य कारबाही गरे ‘विश्वव्यापी विपत्ति’ निम्त्याउने हमासका अधिकारीलाई उद्धृत गर्दै वाफाले जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा सैन्य कारबाहीका निम्ति योजना बनाउन सेनालाई निर्देशन दिएका छन् ।

गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएयता त्यहाँका करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टसँग जोडिएको रफाहतर्फ भागेका थिए ।

इजरायली सेनाले केही हप्ताअघि रफाहसँग जोडिएको खान युनिसमा गरेको सबैभन्दा ठूलो आक्रमणपछि विस्थापित हुनेको संख्या बढेको हो । रफाह क्रसिङमार्फत विदेशी मुलुक र संयुक्त राष्ट्रसंघका निकायबाट खाद्यान्न र औषधि सहायता प्राप्त गर्ने सीमावर्ती सहरका खाली कृषि भूमि, विद्यालय र सडक किनार टेन्टले भरिएको छ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro