site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुवासले जिते भारतीय गल्फ टुरको फुल कार्ड
फाइल तस्बिर ।

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई)को फुल कार्ड प्राप्त गर्न सफल भएका छन् ।

जम्सेधपुरस्थित ७१ पारको गोलमुरी गल्फ क्लबमा टाटा स्टील पीजीटीआई क्वालिफाइङ स्कुलको अन्तिम दिन ४–अन्डर ६७ को स्कोर कार्ड बनाउँदै उनले ७२ होलको प्रतिस्पर्धामा १३–अन्डर २७१ को रवाफिलो स्कोर खडा गर्दै संयुक्त रूपमा दोस्रो स्थानमा रहे ।

क्वालिफाइङ स्कुलमा उनले पहिलो दिनदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । सुवासले अन्तिम दिन पनि लोभलाग्दो प्रदर्शन गरे । उनले फ्रन्ट नाइन १–अन्डर ३४ मा पूरा गरे ।

Dabur Nepal
NIC Asia

दोस्रो, चौथो र नवौँ होलमा बर्डी प्रहार गरे । पाँचौँ र सातौँ होलमा एक/एक सट खेर फाले । यसपछि ब्याक नाइन बोगी फ्री खेले । १०औँ, ११औँ र १६औँ होलमा बर्डीको सफलता प्राप्त गर्दै उनले ३–अन्डर ३३ को स्कोर दर्ज गरे । सुवासले पहिलो दिन ४–अन्डर ६७, दोस्रो दिन ५–अन्डर ६६ र तेस्रो दिन इभन–पार ७१ मा खेल सकाएका थिए ।

प्रभावशाली प्रदर्शनसँगै सुवासले सन् २०२४ को भारतीय गल्फ टुरका निम्ति फुल कार्ड प्राप्त गरे । योसँगै उनको प्रोफेसनल गल्फ करियरको सुरुआत हुनेछ ।

सुवास नेपाली एमेच्योर गल्फका अहिलेसम्मकै सर्वाधिक सफल गल्फर हुन् । उनले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक दुई स्वर्णपदक जितेका थिए ।

त्यसपछि बंगलादेश ओपनमा सद्भाव आचार्यसँग मिलेर टिमतर्फ पनि स्वर्ण जितेका थिए । सो प्रतियोगितामा उनले व्यक्तिगततर्फ रजत हात पारेका थिए । टुरिजमा कपमा पनि उनले नेपाललाई टिमतर्फ स्वर्ण दिलाएका थिए ।

सूर्य नेपाल गल्फ टुरमा सुवासले प्रोफेसनल गल्फरहरूलाई कैयौँपटक पछि पारे । उनले पाँचपटक प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितिसकेका छन् । एमेच्योर रहँदै उनले घरेलु टुरमा सनसनी मच्चाएका थिए ।

पछिल्लो समय नेपाल गल्फ संघले सुवासलाई विशेष प्रशिक्षणका निम्ति भारतको तरुण सरदेशाई एकेडेमीमा पठाएको थियो । अहिले पनि उनी सोही एकेडेमीमा प्रशिक्षणरत छन् । उनले २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकका निम्ति नेपाल ओलम्पिक कमिटीबाट स्कलरसिप समेत पाएका छन् ।

अब सुवासले नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईसँगै भारतीय गल्फ टुरमा प्रतिस्पर्धा गर्नेछन् । शुक्रले गत सिजनको अर्डर अफ मेरिटमा ५२औँ स्थानमा रहँदै आफ्नो कार्ड सुरक्षित राखेका छन् ।

प्रि क्वालिफाइङको तीन प्रतियोगितापश्चात् कुल १२३ गल्फरले भाग लिएको अन्तिम चरणमा ३६ होलको समाप्तिमा उत्कृष्ट ८० जनाले कट बनाएका थिए । जहाँ कुल ४–अन्डर २८० को स्कोरमा उत्कृष्ट ३७ जनाले पीजीटीआईको फुल कार्ड प्राप्त गरे ।

यो प्रतियोगिताको उपाधि चिलीका माटियास डोमिङग्वेजले हात पारे । अन्तिम दिन ७–अन्डर ६४ खेल्दै उनले समग्रमा २०–अन्डर २६४ को स्कोर निकाले ।

नेपालका सुवाससँगै भारतीयद्वय मोहम्मद सन्जु र एमेच्योर अंशुल कब्थियाल कुल १३–अन्डर २७१ सहित संयुक्त रूपमा दोस्रो भए । योपटक पीजीटीआई क्यू–स्कुलमा सहभागी ४१९ गल्फरमध्ये भारतबाहेक १७ देशका ६१ खेलाडीले दाबेदारी प्रस्तुत गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro