site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिम सरकारको एक वर्षको ‘उपलब्धि’ सार्वजनिक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एकवर्षे कार्यकाल राजनीतिक, प्रशासनिक सहकार्य एवं समन्वयको दृष्टिकोणबाट उपलब्धिपूर्ण भएको बताएका छन् ।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सरकारको एकवर्षे ‘उपलब्धि’ सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले विभिन्न कठिनाइ र चुनौतीका बीच जनताको अपेक्षामा खरो रूपमा उत्रिन भने नसकिएको स्वीकार गरे ।

देशमा संघीयताको अभ्यास भएको आठ वर्ष पूरा हुँदा पनि संविधानप्रदत्त अधिकारहरूको प्रत्यायोजनमा समस्या आउँदा प्रदेश सरकारले जनताको इच्छा, आकांक्षाको सम्बोधन गर्न केही कठिनाइ महसुस भएको मुख्यमन्त्री शाहले बताए । उनले भने, “प्रदेश प्रमुख, सभामुख, प्रदेशसभा सदस्य, पालिका तहका जनप्रतिनिधि, प्रशानिक नेतृत्व र राजनीतिक दलसँगको बढेको आपसी विश्वास र सहयोगबाट नै आफ्नो कार्यकालको सफल भएको ठानेको छु ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रदेशको विकास र समृद्धिका निम्ति सरकारले काम गरिरहेको उनको भनाइ छ ।

सो अवसरमा सार्वजनिक प्रदेश सरकारको एकवर्षे कार्यकालको कार्यप्रगति विवरणमा सरकारबाट प्रवाह हुने सेवा र शासकीय प्रबन्धमा आवश्यक पर्ने नीतिगत तथा कानुनी व्यवस्थाका लागि पाँचवटा संशोधन विधेयक प्रदेशसभामा पेस गर्ने, दुई विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने, दुई नियमावली, आठ कार्यविधि, तीन मापदण्ड निर्माणजस्ता कामलाई नीतिगत सुधारका निम्ति गरिएको कामका रूपमा उल्लेख गरिएको छ ।

Royal Enfield Island Ad

प्रदेश निजामती ऐनमा संशोधन गर्नका लागि विधेयक पेस गर्ने तयारी, स्थानीय सेवा सञ्चालनसम्बन्धी विधेयकको तयारी, प्रदेश गौरवलगायत विकास आयोजना समयमै सम्पन्न गर्न दिइएको निर्देशन, प्रदेश आयोजना बैंक तर्जुमा दिग्दर्शन, २०८० कार्यान्वयन, भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा भारतलगायत तेस्रो मुलुकबाट आउने यातायातका साधनको अस्थायी अनुमति दिने व्यवस्थालगायत कार्यलाई पनि उपलब्धिका रूपमा लिइएको छ ।

यस्तै, वित्तीय व्यवस्थापन, कृषि तथा पशुपक्षी, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, खेलकुद र सीप विकासलगायत क्षेत्रमा पनि सुधार भएको उल्लेख छ ।

ऊर्जाको क्षेत्रमा निजी लगानी प्रवर्द्धन गर्ने प्रयोजनका निम्ति स्थानीय र संघीय सरकारसँग सहकार्य थालिएको, सेती, कर्णाली, चैनपुर दोधारा ४०० किलो भोल्टको प्रसारणलाइनको डीपीआर निर्माणाधीन रहेको, दोधारा, बरेली, लम्की बरेली अन्तरदेशीय प्रसारणलाइनको प्रक्रिया थालनी गरिएको, पश्चिम सेती जलविद्युत् आयोजनाको डीपीआरका लागि सुरुङ शिलान्यास गरिएको कामलाई पनि सरकारले उपलब्धिका रूपमा लिएको छ ।

पत्रकार सम्मेलनमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा चालु आव २०८०/८१ मा सरकारको पुँजीगत र चालु खर्चमा सुधार आएको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro