site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनको खार्किभमा रुसी ड्रोन आक्रमणमा सातजनाको मृत्यु

किभ । पूर्वी युक्रेनको खार्किभ सहरमा रहेको एक पेट्रोलपम्पमा शनिबार गरिएको रुसी ड्रोन आक्रमणमा परी तीन बालबालिकासहित सातजनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

“खार्किभमा कब्जाधारीले गरेको आक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ,” ओलेग सिनेगुबोभले टेलिग्रामको सामाजिक सञ्जालमा भने ।

मृतकमध्ये क्रमशः सात र चार वर्ष र ६ महिनाका बालबालिका छन् । खार्किभका मेयर इगोर टेरेखोभले आक्रमणका कारण इन्धन केन्द्रमा विस्फोट हुँदा नजिकैका घरहरूमा क्षति पुगेको बताए । घरभित्र रहेका कम्तीमा ५० जनालाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए ।

“शत्रुको इरान निर्मित ड्रोनले पेट्रोलपम्पमा प्रहार गर्दा विस्फोट भई १४ निजी घर जलेका छन्,” उनले भने ।

खार्किभका क्षेत्रीय अभियोजक ओलेक्सान्डर फिलाचकोभले खार्किभको नेमिश्ल्यान्स्की जिल्लामा तीन ड्रोन प्रहार गरिएको बताए ।

खार्किभ र क्षेत्रीय राजधानीको पूर्वमा रहेको एउटा गाउँमा रातको समयमा भएको आक्रमणपछि शनिबार पनि हमला गरिएको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro