खेल

काठमाडौं । एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल आज क्यानडासँग खेल्दै छ । खेल बिहान ९ : १५ बाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
यसअघि शृंखलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको थियो । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनाउँदा नेपालको जित सुनिश्चित भएको थियो ।
सोमबार शृंखलाको तेस्रो खेल हुनेछ ।
नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृंखलाअघि नेपालले घरेलु मैदानमा तीन खेलको एकदिवसीय शृंखलाका लागि क्यानडालाई निम्ताएको हो ।
प्रकाशित मिति: शनिबार, माघ २७, २०८० ०७:५७
प्रतिक्रिया दिनुहोस्