site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शुद्धोदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडाध्यक्ष यादव भ्रष्टाचारी ठहर 

काठमाडौं । रुपन्देहीको शुद्धोदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज मरासिनी र वडा नम्बर–७ का अध्यक्ष भीमबहादुर यादव भ्रष्टाचारी ठहर भएका छन् । 

विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष डा. खुसीप्रसाद थारु तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मरासिनी र यादवविरुद्धको कसुर ठहर हुने फैसला गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ११ मा मरासिनी र यादवले नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप गरिदिए वापत सेवाग्राहीबाट ५० हजार घुस मागी विनोद भरलाई बुझ्न लगाएको भन्दै मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा कसुर ठहर गरी मरासिनीलाई ५० हजार जरिबाना र तीन महिना कैद तथा वडाध्यक्ष यादव र भरलाई समान ४५ दिन कैद र २५ हजार जरिबाना हुने फैसला भएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro