site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाप्रति गगनको टिप्पणी : ‘जादुगर हुँ’ भन्दै आएर संविधानमाथि प्रहार गरिरहेका छन्
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरूबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन् । 

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले निर्वाचनमा भाग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरूलाई मेटाउने काममा लागेको बताए । उनले आफू जादुगर हुँ भन्दै आउनेहरू लोकरिजाइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए । संविधानमाथि प्रहार गर्नेहरूलाई चिनेर चिरफार गर्नुपर्ने उनको भनाइ थियो । 

विगतको अँध्यारोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम गरिरहेको बताए ।

उनले भने, "आज संविधानमाथि भएका प्रहार कहाँबाट आएका छन् । एउटा प्रहार र कोण छ, त्यो नयाँ, नचिनेको र नहराएको पात्र होइनन् । तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएको हो । तिनलाई यो व्यवस्था मन पर्दैन भन्ने राम्रोसँग थाहा छ । तिनीहरू हिजोको अँध्यारोको बारेमा चर्चा गर्दछन् भन्ने पनि राम्रोसँग थाहा छ । त्यो पुनःरुत्थानवादी प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र त्यसलाई हामीले चिन्नुपर्छ ।" 

महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए । देश सम्हाल्ने काम कांग्रेसको भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro