site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रूससँगको बन्दी आदानप्रदानमा १०० युक्रेनी स्वदेश फर्किए
फाइल तस्बिर ।

कीएभ । रूससँगको नयाँ कैदी आदानप्रदान प्रक्रियाअन्तर्गत १०० युक्रेनी सुरक्षाकर्मी घर फर्केको युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले बिहीबार जनाएको छ ।  

स्वदेश फिर्ता गरिएकामध्ये ८० भन्दा बढी मारिउपुल सहर र अजोभस्टल स्टिल प्लान्ट संरक्षणका लागि लडेका सैनिकहरू रहेका छन् । 

यसबाहेक, डोनेट्स्क र लुहान्स्कमा लडाइँमा भाग लिने सिपाहीहरूलाई पनि बन्दी आदानप्रदानअन्तर्गत रिहा गरिएको छ ।

मुक्त भएकामध्ये कम्तीमा २८ जना गम्भीर घाइते भएका र गम्भीर रोगबाट पीडित रहेको छन् । 

Global Ime bank

युक्रेन र रूसबीच सन् २०२२ मार्चपछि ५१ पटक बन्दी आदानप्रदान भएको र यसअन्तर्गत रूस–युक्रेन द्वन्द्वमा बन्दी बनाइएका कुल तीन हजार १३५ युक्रेनीमध्ये धेरैलाई रिहा गरिएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu