site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आन्तरिक ऋण प्रशासनिक खर्चमा प्रयोग गर्नु हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लिने ऋण प्रशासन चलाउन खर्च गर्न नहुने बताएका छन् । आन्तरिक ऋण उठाएर सरकारले चालु खर्चमा उपयोग गरेको भन्दै यसतर्फ सरकार सजक हुनुपर्ने बताए । 

शुक्रबार मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा खतिवडाले यस्तो खर्च सामाजिक सुरक्षा तथा कर्मचारीको तलब र भत्तामा खर्च हुन नहुने बताए । 

Dabur Nepal
NIC Asia

“आन्तरिक ऋण सामाजिक सुरक्षामा खर्च हुनु हुँदैन । प्रशासन चलाउन खर्च हुनु हुँदैन,“ उनले भने, “अर्थमन्त्रीज्यूले ऋण प्रशासन चलाउन खर्च भएको छैन भनेर भन्न सक्नु हुन्छ ? ऋण प्रतिफल दिने आयोजनामा लगानी हुनुपर्छ ।”

सरकारले लगानी सम्मेलन गर्ने भनेको भए पनि वातावरण बनाउन नसकेको खतिवडाको भनाइ छ । 

सरकारले बैंकको ऋण कस्तो क्षेत्रमा गयो भनेर हेर्नुपर्ने पनि उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu