काठमाडौं । रोल्पाको माडी गाउँपालिकाले जनयुद्ध दिवसमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पालिकाले यही माघ १७ गतेको निर्णयअनुसार आउँदो फागुन १ गते मंगलबार सरकारी कार्यालय र विद्यालयमा सावर्जनिक बिदा दिने निर्णय गरिएको भन्दै सूचना जारी गरेको हो ।
पालिकाको सूचनामा लेखिएको छ, “जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फागुन १ गते मंगलबारका दिन माडी गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूूचना जारी गरिएको छ ।”
सर्वोच्च अदालततले जनयुद्ध शब्दलाई असंवैधानिक ठहर गर्दै सशस्त्र युद्धका घटनाको न्याय निरुपणको काम १७ वर्षदेखि थाती राखेर जनयुद्ध दिवस मनाउँदा पीडितलाई थप पीडा हुने फैसला गरेको छ ।
त्यसबोहक सर्वोच्च अदालतबाट विज्ञप्ति समेत जारी गरी जनयुद्ध दिवसको बिदा खारेज भएको जानकारी गराइएको छ । तर, माडी गाउँपालिकाले भने त्यसलाई बेवास्ता गर्दै सूचना जारी गरेको हो ।