site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कप्तान रोहित चम्किँदा क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनायो ।

एक समय क्यानडा १७४–४ को सहज अवस्थामा थियो । त्यसपछि ४३ रन जोड्दा ६ विकेट गुमाउँदा नेपालले सात रनको रोमाञ्चक जित निकालेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

क्यानडाका निकोलस किर्टोनले ६८ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ९९ बलमा सात चौका प्रहार गरे । यस्तै, पर्गत सिंहले ५८ बलमा नौ चौकासहित ५० रन बनाए । ३५–२ को अवस्थाबाट यी दुईले ७९ रनको साझेदारी गर्दै क्यानडाको इनिङ सम्हालेका थिए । 

तर, यसपछिका ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । हर्ष थाकेरले ३२ र आरोन जोन्सनले २० रन जोड्दा अन्यले दोहोरो अंकमा रन थपेनन् । 

Royal Enfield Island Ad

क्यानडाविरुद्ध रोमाञ्चक जित दिलाउन नेपालका कप्तान पौडेलले चार विकेट लिए । ८.५ ओभर बलिङ गरेका रोहितले दुई मेडन फ्याक्दै ३३ रन खर्चिए । ललित राजवंशीले दुई विकेट लिए । सोमपाल कामी, कुशल मल्ल, पवन सर्राफ र ‘डेब्युट्यान्ट’ रिजन ढकालले समान एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रनको योगफल खडा गरेको थियो । 

नेपालबाट ओपनर भुर्तेलले ५८ बलमा नौ चौका र एक छक्कासहित ६२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो सातौँ अर्धशतक हो ।

आरिफ सेखले ५० बलमा चार चौकासहित ३८ रन थपे । सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सर्राफले १५ रन थपे । 

यसबाहेक, ओपनर आसिफ सेख र कप्तान पौडेलले समान आठ रन बनाए । ‘डेब्युट्यान्ट’ रिजन ढकाल चार रनमा पभेलियन फर्किदा सूर्य तामाङले १० रन थपे ।

क्यानडाका उदय भगवानले तीन विकेट लिए । आठ ओभर बलिङ गरेका उदयले एक मेडन फ्याक्दै ४० रन खर्चिए । साद बिन जफरले दुई विकेट लिँदा इश्वरजोत सोही, साहिद अहमदजाई र हर्ष थाकेरले समान एक विकेट लिए । 

आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृंखलाअघि नेपालले घरेलु मैदानमा तीन खेलको एकदिवसीय शृंखलाका लागि क्यानडालाई निम्ताएको हो । अब नेपालले शनिबार दोस्रो र सोमबार शृंखलाको तेस्रो खेल खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro