site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा सरकारसँग वार्ता गर्न पहिचानवादीले बनाए समिति
पहिचानवादीको आन्दोलन । फाइल तस्बिर ।

विराटनगर । कोसीमा पहिचानवादीले वार्ता समिति गठन गरेका छन् । पुनः नामाकरण संघर्ष समितिको बुधबार बसेको बैठकले सरकारसँग वार्ता गर्न समिति गठन गरेको हो ।

पुन:नामाकरणको माग गरिरहेका विभिन्न संगठनको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

Dabur Nepal
NIC Asia

कोसी सरकारले पहिचानवादीहरूलाई औपचारिकरूपमा पत्राचार गरेर वार्तामा आउन आग्रह गरेको थियो ।

सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । यसमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव छन् ।

०७९ फागुन १७ गते बसेको प्रदेशसभा बैठकबाट प्रदेश नम्बर १ को नाम कोसी कायम गरेको थियो । त्यसबेला कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका दुई तिहाइ भन्दा बढी सांसदको बहुमतले कोसी नामाकरण भएको थियो ।

लगत्तै पहिचान पक्षधरले नाम मान्य नहुने भन्दै आन्दोलन घोषणा गरेका थिए । आन्दोलनका क्रममा विराटनगरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको थियो ।

हेर्नुहोस् पत्र

422941882_1656610224874411_3684086756731060706_n-1707320705.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २१:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro