site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद विकास कोष 'ब्युँताउने' भ्याकेट निवेदन सदर, अब सुनुवाइ हुने

काठमाडौं । सांसद विकास कोष खारेज गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध परेको भ्याकेट निवेदन सदर भएको छ ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले‍ सांसद विकास कोष खारेज गर्ने अन्तरिम आदेशविरुद्धको भ्याकेट निवेदन नियमानुसार पेस गर्न आदेश दिएको हो ।

निवेदन पेस भएसँगै अब सांसद विकास कोष खारेज गर्ने अन्तरिम आदेशविरुद्ध निवेलनमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्चले गएको भदौ ६ मा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट खर्च नगर्न अन्तरिम आदेश दिएको थियो ।

अन्तरिम आदेश खारेजी माग गर्दै संघीय संसद्‌का तर्फबाट संघीय संसद् सचिवालयका सहसचिव लक्ष्मी प्रसाद गौतमले निवेदन दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro