site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
यस्तो छ नेपालमा सार्वजनिक ‘ओमोडा ई–५’, मूल्य ५९ लाख ४९ हजार

काठमाडौं । चेरी अटोमोबाइल्सको ‘क्रस फ्युचर’का रूपमा स्थापित ब्रान्ड ओमोडाको ‘ओमोडा ई–५’ विद्युतीय गाडी (ईभी) नेपालमा सार्वजनिक भएको छ ।

चेरी अटोमोबाइलको ईभी कम्पनीले निर्माण गरेको ओमोडा ई–५ लाई एसपीजी अटोमोबाइल्सले नेपालमा सार्वजनिक गरेको हो ।

ओमोडा ई–५ को सुरुआती मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

शारडा ग्रुपका निर्देशक गौरव शारडाले सुरुका १०० ग्राहकका लागि मूल्य ५९ लाख ४९ हजार रहने बताएका छन् ।

६१ किलोवाट क्षमताको ब्याट्री रहेको ओमोडा ई–५ मा मोटरको क्षमता ९८ किलोवाट छ ।

Global Ime bank

एकपटक फुल चार्ज गर्दा ४३० किलोमिटर रेन्ज दिने गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ ।

शारडा ग्रुपका निर्देशक गौरव शारडाले यो गाडीले बीवाईडी अट्टो थ्रीको टप भेरियन्टसँग प्रतिस्पर्धा गर्ने दाबी गरेका छन् ।

“ओमोडा ई–५ को प्रतिस्पर्धा बीवाईडीको अट्टो थ्री सुपेरियरसँग हुन्छ । त्यसको ब्याट्री ६०.४८ किलोवाटको छ, हाम्रो ६१ किलोवाटको छ । त्यसको मूल्य ६५ लाख छ, हाम्रो ५९ लाख हुन्छ,” बाह्रखरीसँग बोल्दै निर्देशक शारडाले भनेका छन् ।

ब्लेड ब्याट्री रहेको ओमोडा ई–५ मा सोनीको साउन्ड सिस्टम, एयरब्यागसँगै १८ वटा सुरक्षा फिचर रहेको उनले बताए ।

ईभी प्लेटफर्मममा बनेको फ्युचरिस्टिक गाडीले नेपाली बजारमा राम्रो स्थान बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

गत वर्ष सन् २०२३ मा एक लाख ४७ हजार भन्दा बढी युनिट ओमाडा ई–५ बिक्री भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu