site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओठे भक्तिले देश बन्दैन : पदम गिरी 

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सरकारको असफलताको कारण जनतामा व्यवस्थाप्रति नै प्रश्न उठेको बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले ओठे भक्तिले देश नबन्ने बताए । उनले पार्टीले गरेको मध्यपहाडी लोकमार्गमा संकल्पयात्राका सन्दर्भमा प्रधानमन्त्रीले दिएको जवाफबारे त्यस्तो बताएका हुन् । अभियान सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताले दिएको सुझाव बुझाएको बताए । 

Dabur Nepal
NIC Asia

प्रधानमन्त्रीले उक्त सुझाव मार्गदर्शक हुने बताएको भन्दै देशको समस्या समाधान गर्न इच्छाशक्ति चाहिने बताए । “यो ओठे भक्तिले देशको समस्याको समाधान हुन सक्दैन । देशको समस्याको समाधानका निम्ति दृढ इच्छाशक्ति चाहिन्छ । इमान्दारिता चाहिन्छ । देश र जनतालाई केन्द्रमा राखेर निष्ठापूर्वक जनताको समस्या समाधान गर्ने संकल्प नगर्दासम्म हुँदैन,” उनले भने । 

उनले रोजगार नपाएर, बैंकको ब्याज तिर्न नसकेर युवा बाहिर जानुपरेको बताए । युवा थिए र गए भन्ने ढंगले प्रस्तुत हुन नहुने उनको भनाइ छ । युवाहरूलाई देशमा रोजगारी दिने भनेर अघि नबढे जनताको सेवा गरेको भन्ने नसकिने बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro