site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले धादिङ जिल्ला अधिवेशन : बन्दसत्र फागुन १ गते 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले) धादिङ जिल्ला अधिवेशनको बन्दसत्र आउँदो फागुन १ गते हुने भएको छ । अधिवेशनको अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले सूचना जारी गर्दै फागुन १ गते बिहान ११ बजेदेखि बन्दसत्र सुचारु हुने जानकारी गराएका छन् । 

यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो । कुटपिटको समेत अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित गरेका थिए । जिल्ला अध्यक्ष भूमि त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि अधिवेशन स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए ।  

सोही दिन बालकोट पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसित प्रदेश र जिल्ला कमिटीका नेताहरूले छलफल गरेका थिए । अध्यक्ष ओलीले विवाद समाधान गरी बन्दसत्र अघि बढाउन सरोकारवाला दुवै पक्ष र केन्द्रीय संगठन विभागलाई निर्देशन दिएका थिए ।
uml-Dhading-1707216417.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro