site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक संसदीय समितिबाट पारित
फाइल तस्बिर ।

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । 

मंगलबार समितिको सभाहल सिंहदरबारमा बसेको बैठकले विधेयकलाई प्रतिवेदनसहित सर्वसम्मतिले पास गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

“समितिको अघिल्लो बैठकबाटै हामीले सहमति जुटाएर पास गर्ने भनेका थियौं । आज सामान्य भाषा मिलाउन मात्र केही बेरका लागि बैठक बसेका हौँ । विधेयक सर्वसम्मतिले पास भयो,” उनले भने । 

बैठकको निर्णय सुनाउँदै उनले विधेयक संसद्बाट पारित भइसकेपछि ढिलासुस्ती गर्ने, आयोजना प्रमुख, ठेगदार कम्पनी, कार्यालय प्रमुख, सरकार वा मन्त्रीलाई अनुगमन गर्न सहज हुने बताए । उनले समितिले पारित विधेयक बुधबारपछि बस्ने संसद्को बैठकमा पेस गर्ने पनि जानकारी दिए । 

“भोलि नै फुलहाउसमा पेस गर्ने तयारी भएको थियो । तर, भोलि शीर्ष नेता बोल्ने फेरि पूर्वसांसद तथा हाम्रै पार्टीका केन्द्रीय सदस्यको निधनमा शोक प्रस्ताव पारित गर्नुपर्ने भएपछि पेसन गर्ने सक्ने अवस्था रहेन । अर्को बैठकमा हामी पेस गर्छौँ,” उनले भने ।

यस्तो छ समितिको प्रतिवेदन

RAjyabebasta-1707215272.jpg

RAjyebebasta-1707215272.jpg

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro