site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फोडेनको ह्याट्रिकप्रेरित सिटी दोस्रो स्थानमा उक्लियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । फिल फोडेनका ह्याट्रिकप्रेरित साविक विजेता म्यानचेस्टर सिटी ब्रेन्टफोर्डलाई ३–१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

सोमबार राति जिटेक कम्युनिटी रंगाशालामा सम्पन्न खेलमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै सिटीले जित निकालेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

२१औँ मिनेटमा निल मोउपेले गोल गर्दै १७ हजार ९६ दर्शकमाझ घरेलु टिमलाई अग्रतामा राखेका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा फोडेनले गोल गर्दै सिटीलाई खेलमा फर्काए । 

५३औँ मिनेटमा फोडेनले नै सिटीको अग्रतालाई २–१ मा पुर्याए । ७०औँ मिनेटमा उनले ह्याट्रिक गर्दा सिटीले ३–१ को अग्रता बनाएको थियो । यसपछि थप गोल हुन नसक्दा सिटी तीन अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

Global Ime bank

जितसँगै दोस्रो स्थानमा उक्लिएको सिटीले २२ खेलबाट ४९ अंक जोडेको छ । जुन एक खेल धेरै खेल्दै शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा दुई अंक कम हो । २२ खेलबाट २२ अंक जोडेको बे्रन्टफोर्ड भने तालिकाको १५औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement