site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा पेटीएम बन्द गर्न रिजर्व बैंकको निर्देशन, वास्तविकता के हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको रिजर्व बैंक (आरबीआई)ले पेटीएम पेमेन्ट बैंकलाई फेब्रुअरी २९ देखि सम्पूर्ण कारोबार रोक्न निर्देशन दिएको छ ।

रिजर्व बैंकको जनवरी ३१ को निर्देशनअनुसार सो मितिदेखि पेटीएम पेमेन्ट बैंकले निक्षेप लिने र कुनै पनि कारोबार गर्न पाउने छैन । बैंकका ग्राहकको खातामा पैसा हाल्ने, वालेटमा वा वालेटबाट पैसा टपअप गर्ने एवं कार्डहरूमा पैसा लोड गर्ने जस्ता सेवा पनि रोकिनेछन् ।

पेटीएम वालेटका ग्राहकले पनि वालेटमा पैसा लोड गर्न सक्ने छैनन् । बैंक र वालेटमा भएको पैसा भने सक्किँदासम्म खर्च वा प्रयोग गर्न पाउनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

के हो पेटीएम बैंक ?
पेटीएम पेमेन्ट बैंक वान९७ कम्युनिकेसन लिमिटेडको सहायक कम्पनी हो । बैंकमा वान९७ कम्युनिकेसनको ४९ प्रतिशत सेयर छ । बैंकको ५१ प्रतिशत सेयर भने विजय शेखर शर्मासँग छ । उनी वान९७ कम्पनीका सीईओ हुन् भने पेटीएमका संस्थापक हुन् ।

पेटीएमको स्थापना सन् २०१० मै भएपनि डिजिटल भुक्तानी बैंकका रूपमा पेटीएम बैंक सन् २०१७ देखि सञ्चालनमा आएको थियो । पेटीएम वालेट यसै बैंकअन्तर्गत पर्छ ।

Global Ime bank

भारतको रिजर्व बैंकको डिसेम्बर सन् २०२३ को तथ्यांकअनुसार पेटीएम वालेटबाट आठ हजार करोड बराबरको कारोबार र पाँच हजार ९०० करोड भारतीय रुपैयाँ बराबरको आर्थिक लेनदेन भएको थियो ।

के–के सेवा रोकिन्छन् ?
पेटीएम बैंक र वालेटका ग्राहकको खातामा फेब्रुअरी २९ पछि पैसा हाल्न मिल्ने छैन । तर, त्यसमा भएको पैसा भने प्रयोग गर्न वा निकाल्न मिल्नेछ । पेमेन्ट बैंक र वालेटसँग सम्बन्धी कुनै पनि कारोबार पनि हुने छैन । आरबीआईले किन बन्द गर्न खोज्यो पेटीएम बैंक ?

आरबीआईले पेटीएमका सन्दर्भमा बारम्बार समस्या देखाउँदै आएको थियो । नियामकले अहिले भने सन् १९४९ को बैंकिङ नियमन ऐनको धारा ३५ एअन्तर्गत निर्देशन दिएको हो । खासगरी ‘मनी लाउन्ड्रिङ’ र पेटीएम वालेटमा यसका सामान्य बैंकिङ शाखाबाट करोडौँको शंकास्पद कारोबारको विषयलाई लिएर पनि आरबीआईले निर्देशन दिएको ठानिएको छ ।

यसबाहेक केवाईसी भेरिफाइ नभएका अकाउन्टमा सीमाभन्दा बढीको कारोबार, एउटै प्यान नम्बरबाट धेरै अकाउन्ट खुलेका जस्ता समस्या पेटीएममा भएको बताइएको छ ।

पेटीएमले के भन्छ ?

पेटीएम पेमेन्ट बैंक र वालेटको सेवा रोकिए पनि तेस्रो पक्षका बैंकसँग मिलेर पेटीएम एपबाट विभिन्न सेवा जारी रहने कम्पनीले जनाएको छ । पेटीएम पेमेन्ट बैंकबाहेक अन्य बैंकसँग मिलेर कम्पनीले विभिन्न किसिमका भुक्तानी सेवा जारी राख्ने बताएको छ ।

यसका साथै कम्पनीका मालिक विजय शेखर शर्माले आरबीआईको सम्पूर्ण निर्देशनको पालना गरी बैंकको सेवा समेत जारी राख्न प्रयास गरिरहेको बताएका छन् ।

पेटीएमको विकल्पमा के छन् ?

आरबीआईको यो कदमले फिनटेक कम्पनीहरूको चुनौतीलाई संकेत गरेको देखिन्छ । भारतमा पेटीएमबाहेक मोबिकविक, फोनपे, एसबीआई, अमेजोनपे लगायतका २० भन्दा बढी बैंक एवं कम्पनीले वालेट सेवा प्रदान गर्दै आएका छन् ।

पेटीएम बैंकले प्रदान गर्ने फास्ट्यागलगायत विभिन्न सेवाहरू ३७ भन्दा बढी अन्य बैंकले प्रदान गर्दै आएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement