site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकबाट कर प्रयोजनसहित नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आउँदो साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ छ । कम्पनीले नगद लाभांशबापत सेयरधनीलाई ३० करोड ८७ लाख २० हजार रुपैयाँ वितरण गर्न लागेको हो ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्