site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दुई प्रतियोगिताका लागि नेपाली क्रिकेट टिमको घोषणा
फाइल तस्बिर ।

काठमाडौं । घरेलु मैदानमा हुने दुई क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दुई फरक नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । 

क्यानले आइतबार फेब्रुअरी ८ देखि १२ सम्म हुने क्यानडाविरुद्धको शृंखलाका लागि र त्यसपछि फेब्रुअरी १५ देखि २४ सम्म हुने लिग–२ शृंखलाका लागि दुई फरक टिमको घोषणा गरेको हो ।

क्यानडासँगको शृंखलाका लागि घोषित टिममा क्यानले भर्खरैमात्र यू–१९ विश्वकप र प्रधानमन्त्री कप खेलेका खेलाडीलाई समेटेको छ । यस्तै, लिग–२ का लागि घोषित टिममा भने पुरानै खेलाडीलाई निरन्तरता दिइएको छ ।

Dabur Nepal
NIC Asia

लिग–२ को शृंखलाका लागि क्यानले चार खेलाडीलाई रिजर्भमा राखेका छ । क्यानले प्रतिस जिसी, देव खनाल, अनिल साह र विवेक यादवलाई रिजर्भ खेलाडीमा राखेको छ ।

क्यानडाविरुद्धको शृंखलाका निम्ति घोषित नेपाली टिम :

रोहितकुमार पौडेल, आसिफ सेख, देव खनाल कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द, अनिल साह ।

लिग–२ का लागि घोषित टिम :

रोहितकुमार पौडेल, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सूर्य तामाङ, रिजन ढकाल ।

Team-1707056756.png
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  २०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro