site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड : यी आठ वर्ष पुरुष खेलाडीको मनोनयनमा 
रोहित पौडेल ।

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औँ संस्करणका निम्ति वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

आइतबार मञ्चले वर्ष पुरुष खेलाडीको मनोनयनमा पर्न सफल उत्कृष्ट आठजनाको नाम सार्वजनिक गरेको हो । वर्ष ०७९ सालमा गरेको प्रदर्शनका आधारमा मनोनयन गरिएको मञ्चले जनाएको छ ।

अवार्डका लागि पुरुष वर्ष खेलाडीमा क्रिकेटका आसिफ सेख, एथ्लेटिक्सका दीपक अधिकारी र मुकेश पाल, भलिबलका मानबहादुर तामाङ, पौडीका नासिर याहा हुसैन, क्रिकेटका रोहित पौडेल, बुद्धिचालका रुपेश जैसवाल र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् ।

Dabur Nepal
NIC Asia

यसअघि, पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।

मञ्चले वर्षका उत्कृष्ट युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि छिटै सार्वजनिक गरिने जनाएको छ ।

पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा माघ २८ गते कार्यक्रमकै दिन गरिनेछ ।

योपटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई एन२५० र तीन एन१६० मोटरसाइकल हुनेछन् । अरू विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सहप्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटेल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपुर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटेल, प्लाजा गु्रप अफ होटेल्स, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् ।

तथ्यांकमा वर्ष पुरुष खेलाडीको उत्कृष्ट आठ मनोनयन

Aasif-Sheikh-(cricket)-2-1707047950.jpg
आसिफ शेख (क्रिकेट)
– वर्ष २०७९ को एकदिवसीय अन्तर्राष्ट्रियमा कुल एक हजार ९३ रन बनाउन सफल खेलाडी
– विश्वकप लिग–२ मा पपुवा न्युगिनीविरुद्ध बनाएको ११० रनको शतकीय इनिङ्स
– एकदिवसीय अन्तर्राष्ट्रियमा सात अर्धशतक बनाउन सफल खेलाडी ।

Deepak-Adhikari-(athletics)-1707048018.jpg
दीपक अधिकारी (एथ्लेटिक्स)
– एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण, घरेलु प्रतियोगितामा तीन स्वर्ण र एक रजतपदक
– १६औँ एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमिमा स्वर्ण
– १६औँ एसियाली क्रसकन्ट्रीमा पुरुष टिम इभेन्टमा स्वर्ण
– नवौँ राष्ट्रिय खेलकुदमा पुरुष १० किमिमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
– दोस्रो राइट टु प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण
– कान्तिपुर हाफ म्याराथनमा रजत ।

Mukesh-Pal-(athletics)-1707048078.jpg
मुकेश पाल (एथ्लेटिक्स)
– १६औँ एसियाली क्रसकन्ट्रीमा पुरुष टिम इभेन्टमा स्वर्ण
– १६औँ एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमि दौडमा कास्य
– राष्ट्रिय एथ्लेटिक्समा पुरुष १५०० मिटरमा स्वर्ण र ३०० मिटरमा रजत  
– नवौँ राष्ट्रिय खेलकुदमा पुरुष १५०० मिटर दौडमा स्वर्ण
– कान्तिपुर हाफ म्याराथनमा कास्य
– जेसिज हाफ म्याराथनमा स्वर्ण ।

Man-Bahadur-Shrestha-(volleyball)-1707048135.jpg
मानबहादुर श्रेष्ठ (भलिबल)
– बंगलादेशको ढाकामा सम्पन्न काभा मेन्स बिच भलिबलमा दिल सुनार जोडीसँग मिलेर रजतपदक
– बिच भलिबलमा रजत जित्ने टिमका कप्तान 
– राष्ट्रिय भलिबल टोली तथा त्रिभुवन आर्मी क्लबका कप्तान
– पुरुषतर्फ बंगलादेश र माल्दिभ्सलाई हराएर सेमिफाइनल पुग्दा सदस्य ।

Nasir-Hussain-(swimming)-1707048194.jpg
नासिर याहा हुसेन (पौडी)
– नवौँ राष्ट्रिय खेलकुदमा सर्वाधिक सात स्वर्ण, दुई रजत र एक कास्य जित्न सफल  
– पुरुष १०० मिटर बटरफ्लाई, १५०० मिटर फ्रिस्टायल, २०० मिटर फ्रिस्टायल, ४०० मिटर फ्रिस्टायल, २०० मिटर मिड्ले, ४ गुणा १०० मिटर मिक्स रिले र ४ गुणा १०० मिटर रिले इभेन्टमा स्वर्ण  
– १०० मिटर ब्रेस्ट स्ट्रोकमा रजत र १०० मिटर फ्रिस्टायलमा रजत, ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा कास्य ।

रोहित पौडेल (क्रिकेट)
– नेपालले विश्वकप लिग–२ को अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) जोगाउँदाका कप्तान 
– वर्ष २०७९ मा कुल २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै चार अर्धशतकसहित ६७९ रन बनाउन सफल
–आयरल्यान्डविरुद्धको खेलमा निर्णायक अविजित ९५ रनको अर्धशतक ।

Rupesh-Jaiswal-(chess)-1707048255.jpg
रुपेश जैसवाल (बुद्धिचाल)
– छत्तीसगढ चिफ मिनिस्टर ट्रफी अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर चेसमा विदेशी इभेन्टमा रजत 
– भारतको चेन्नईमा भएको ४४औँ फिडे चेस ओलम्पियाडमा नेपालको तर्फबाट उच्चतम अंक हासिल गर्ने खेलाडी (१०÷६) 
– नयाँ दिल्लीमा भएको एसियन कन्टिनेन्टल चेस च्याम्पियनसिपको ब्लिट्जमा ९३ खेलाडीमध्ये ११औँ स्थानमा रहन सफल
– नवौँ राष्ट्रिय खेलकुदमा र्‍यापिड र ब्लिट्जतर्फ दोहोरो स्वर्ण र क्लासिकलमा रजत
– आधा दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न सफल ।

Subash-Tamang-(golf)-1707048316.jpg
सुवास तामाङ (गल्फ)
– नेपाल टुरिजम कप र बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा नेपाललाई टिम च्याम्पियन बनाउन सफल खेलाडी 
– बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा व्यक्तिगततर्फ रजत जित्न सफल 
– नवौँ राष्ट्रिय खेलकुदमा व्यक्तिगतमा स्वर्ण जित्न सफल । टिममा आर्मीबाट कांस्य पदक जित्न सफल ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro