site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एसियन लाइफ इन्स्योरेन्सले चुक्ता पुँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । गएको शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरिएको हो ।

कम्पनीका अनुसार, बोनसबापत सेयरधनीलाई चुक्ता पुँजीको ७.७५ प्रतिशत बोसन सेयर र कर प्रयोजनका निम्ति एक करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेस गरिएको छ । हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब १५ करोड ५३ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनीहरूलाई चुक्ता पुँजी पाँच अर्ब पुर्‍याउन निर्देशन दिएको छ । पाँच अर्ब चुक्ता पुँजी पुर्‍याउन कम्पनीले बोनस सेयर वितरणपछिको कायम चुक्ता पुँजीको ४० प्रतशित हकप्रद सेयर जारी गर्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC