site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पूर्वी युक्रेनमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या २८ पुग्यो : रूसी उद्धारकर्ता

मस्को । युक्रेनको पूर्वी सहर लिसिचान्स्कस्थित एक बेकरीमा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या २८ पुगेको रूसी उद्धारकर्ताले आइतबार बताएका छन् । आक्रमणमा एक बालकको पनि मृत्यु भएको थियो । 

कब्जापछि उक्त क्षेत्रलाई हेर्दै आएको मस्कोको सेनाले शनिबार भनेको छ, “रूसले युक्रेनविरुद्ध आक्रमण गरेको लगभग दुई वर्षपछि पुग्नै लाग्दा गत साताको अन्त्यमा युक्रेनले बेकरीलाई निशाना बनाएको थियो ।

पूर्वी युक्रेनको मोर्चा केही महिनायता मुस्किलले अघि बढेको छ तर युद्ध अझै रक्तपातपूर्ण छ र पछिल्ला हप्ताहरूमा दुवै पक्षबाट आक्रमण तीव्र भएको छ ।

Dabur Nepal
NIC Asia

“बेकरीस्थलमा खोजी कार्य जारी छ । एक बच्चासहित २८ जनाको मृत्यु भएको पुष्टि भएको छ,” रूसी आपतकालीन व्यवस्था मन्त्रालयले टेलिग्राममा भनेको छ ।

उद्धारकर्ताले अहिलेसम्म १० जनालाई भग्नावशेषबाट बचाइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसअघि आपतकालीन कर्मचारीले अँध्यारोमा भग्नावशेष खोतल्दै गरेको भिडियो सार्वजनिक गरेको थियो । उक्त स्थानबाट उद्धारकर्ताहरूले एक मृतक र एक घाइते महिलालाई स्ट्रेचरमा राखेर बाहिर निकालिएको देखेका थिए ।

मस्कोस्थित अधिकारीहरूले एक घाइतेको अवस्था गम्भीर रहेको र उनलाई लुगान्स्क सहरको एक अस्पतालमा लगिएको बताएका छन् ।

रुसको विदेश मन्त्रालयले आक्रमणमा पश्चिमा हतियारको प्रयोग भएको र अन्तर्राष्ट्रिय संगठनबाट यस घटनाको ‘तत्काल निन्दा’ हुने अपेक्षा गरिएको जनाएको छ ।

मस्कोको आक्रमणअघि करिब एक लाख १० हजार जनसंख्या भएको लुगान्स्क क्षेत्रको एक सहर लिसिचान्स्क सन् २०२२ को ग्रीष्मऋतुमा भएको व्यापक युद्धपछि रूसी सेनाको कब्जामा परेको थियो । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro