site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छालामा वायु प्रदूषणको असर : उमेरभन्दा चाँडो बुढ्यौलीपना निम्त्याइरहेको छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । जाडोसँगै देशका प्रमुख सहरहरूमा वायु प्रदूषण बढेको छ । वायु प्रदूषणको असर श्वासप्रश्वास, मुटु र छाला स्वास्थ्यमा पनि परेको देखिन्छ ।

इन्धनजन्य सवारी साधनबाट निस्कने कार्बन मनोअक्साइडसहित वायु प्रदूषण गराउने सल्फरडाइअक्साइड, नाइट्रोजन र हावामा भएको धुलोको कणले पनि छालामा विभिन्न समस्या बढाइरहेको विज्ञहरू बताउँछन् ।

त्यस्तै, वायु प्रदूषणको असरस्वरुप ओजन तह पातलिँदै जाँदा त्यसबाट आउने पराबैजनी किरणले छालामा क्यान्सरसम्मको समस्या निम्त्याइरहेको पाटन अस्पतालका छाला रोग विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।

पछिल्लो समय घरबाहिर हिँड्ने र बाहिरी वातावरणमा काम गर्ने व्यक्तिहरू उमेरभन्दा चाँडै चाउरीपना, छालामा दागधब्बा, पोतोजस्ता समस्या लिएर आउने गरेको डा. पौडेलको अनुभव छ ।   

उनका अनुसार वायु प्रदूषणका कारण मानिसको छालामा पसिना निस्कने ग्रन्थी बन्द गर्नाले छाला ओइली हुने र विभिन्न समस्याहरू देखिने गरेका छन् । त्यस्तै प्रदूषणले बाहिरी छालामात्र नभइ छालाको तीनवटै तहलाई असर पुर्‍याइरहेको छ ।

घरेलु धुवाँले पनि छालामा समस्या निम्त्याउँछ
दाउरा बाल्दा, फोहोर जलाउँदा वा चुरोटबाट निस्कने विषाक्त धुवाँले छाला, कपाल र नङ समेतलाई असर पुर्‍याइरहेको डा. पौडेल बताउँछन् । घरेलु  धुवाँले डार्क सर्कल बढाउँदै लैजाने, कपाल सुक्खा हुने, नङ, छालाको वाथरोग, बाहिर देखिने अंगहरूमा दागधब्बा र छालाको एलर्जी गराउँछ ।

वायु प्रदूषणको असरले सेतो छाला भएका व्यक्तिहरूलाई छिटो र बढी असर पुर्‍याउने अध्ययनहरूले देखाएका छन् ।

कसरी जोगाउने छाला ?
वायु प्रदूषण कम गर्नु नै स्वास्थ रहने सबैभन्दा प्रभावकारी उपाय हो । विशेषगरी छालालाई जोगाउन सकेसम्म घरबाहिर ननिस्कने, र निस्कनैपरे सुरक्षा कवच अपनाउन डा. पौडेल सुझाव दिन्छन् ।

दउँसोको समयमा परावैजनी किरण बढी हाबी हुने भएकाले बिहान र बेलुका घरबाहिरको काम गर्न सकिन्छ । त्यस्तै, घरबाहिर निस्कँदा पुरा बाउला भएको कपडा, क्याप, चस्मा, लगाउने, एसपीएफ ३० भन्दा बढी भएको सन्सक्रिम लगाउने र हाइ ३० भन्दा बढी एसपीएफ भएका क्रिमहरू लगाउने र सन्तुलित खानपानमा ध्यान दिन उनको सुझाव छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro