site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ महिनामा पाँच करोड बढी राजस्व संकलन

महोत्तरी । नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले ६ महिनामा पाँच करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को ६ महिनाको अवधिमा उक्त केन्द्रले पाँच करोड २३ लाख २२ हजार ७६८ रुपैयाँ राजस्व संकलन गरेको हो । 

उक्त अवधिमा केन्द्रले विद्युत् चुहावट रोक्न अनुगमन बढाएको जनाइएको छ । विद्युत् चोरी जरिवाना, पुनःलाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम संकलन भएको हो । 

६ महिनामा २९७ विद्युत् चुहावटका घटना फेला परेर कारबाही गरिएको कार्यालयले जनाएको छ । यो कारबाहीबाट २७ लाख ८४ हजार १७७ राजस्व संकलन भएको कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी दिए । 

सोही अवधिमा समयमा विद्युत् महसुल नबुझाएर लाइन काटिएका ४८८ सेवाग्राहीको लाइन पुनःजोडिदा तीन करोड ८१ लाख १२ हजार ८७६ राजस्व संकलन भएको छ । 

सोही अवधिमा सेवा क्षेत्रका ४२४ सेवाग्राहीको नयाँ लाइन जडान गरिँदा एक करोड १४ लाख २५ हजार सात १५ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro