site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रो विकेटको रूपमा आउट भए उत्तम

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालले उत्तम मगरलाई दोस्रो विकेटको रूपमा गुमाएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा भारतले दिएको २९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले २१.५ ओभरको उत्तमलाई गुमाएको हो । उत्तमले टिमको खातामा आठ रन थपे ।

हाल नेपालबाट क्रिजमा रहेका ओपनर अर्जुन कुमाल २५ र कप्तान देव खनाल एक रनमा खेलिरहेका छन् ।

जारी खेलको २२ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ६६ रन बनाएको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २९७ रनको योगफल बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro