site stats
बाह्रखरी :: Baahrakhari
खेल
खराब मौसमका कारण नेपाल र भारतबीचको खेल प्रभावित 

काठमाडौं । खराब मौसमका कारण आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा नेपाल र भारतबीचको खेल प्रभावित बनेको छ ।

शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतले नेपाललाई २९८ रनको लक्ष्य प्रस्तुत गरेको भए पनि खराब मौसमका कारण दोस्रो इनिङ निर्धारित समयभन्दा ढिलो सुरु हुने भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको पहिलो इनिङ दुई ब्याटरको शतकप्रेरित भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो । 

भारतका सचिन दास र कप्तान उदय सरनले शतक बनाएका थिए । सचिनले ११६ रन बनाउँदा सरन १०० रन बनाएर आउट भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्