site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
जयदेव गौतमको ‘ती निला आँखा’ लोकार्पित

काठमाडौं । पत्रकार तथा लेखक जयदेव गौतमको निबन्धकृति ‘ती निला आँखा’ एक समारोहका बीच लोकार्पण भएको छ । 

शुक्रबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा उपस्थित सर्जकहरूले कृति सार्वजनिक गरे । 

Dabur Nepal
NIC Asia

कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले गौतमले अस्वस्थ हुँदाहुँदै पनि यो निबन्ध कृति ल्याएको प्रसंग उठाउँदै एउटा सर्जकले जुनै अवस्थामा पनि सिर्जना गर्ने बताए । 

समीक्षक डा. रजनी ढकालले कृतिभित्रका निबन्धहरूका विभिन्न आयामबारे चर्चा गरिन् । साहित्यकार भीष्म उप्रेतीले निबन्धले विचारको सिर्जना गर्न सक्नु पर्ने भन्दै यतातिर निबन्धकारहरूको ध्यान जानुपर्नेमा जोड दिए ।

निबन्धकार श्रीओम रोदनले निबन्धकार गौतमको चर्चा गर्दै उनको निबन्धकारिताको प्रसंशा गरे । 

साझा प्रकाशनद्वारा प्रकाशित यस संग्रहभित्र २१ निबन्ध समेटिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro