site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरमा ट्रकको ठक्करबाट युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका करिब ७ बजेर ४० मिनेटमा मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि सो दुर्घटना भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना७ख १७९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको वाग्मती प्र.०६ ००१प४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा चेपाङ घाइते भएका थिए ।

उपचारका निम्ति उनलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको थियो । उपचारका क्रममा बिहीबारै बेलुका उनको मृत्यु भएको हो । उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro