site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुन्डाई 'एक्सटर'को बुकिङ खुला, ३५ लाखदेखि उपलब्ध गाडीमा यस्ता छन् फिचर

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहुप्रतिक्षित एसयूभी एक्सटरको बुकिङ आज (बिहीबार)देखि खुला गरेको छ ।

कम्पनीले गत भदौमा सम्पन्न नाडा अटो सोमा प्रदर्शनमा राखेको गाडीको बिक्री खुला अहिले गरेको हो ।

हुन्डाईले पाँच सिटर एसयूभी मोडेलको लाइनअपमा हुन्डाई भेन्यूभन्दा अघि रहने पहिलो एसयूभी एक्सटर भएको बताएको छ ।

गत जुलाईमा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईकोटी)को विजेता समेत बनेको छ ।

एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको कम्पनीले जनाएको छ।

यसको डीआरएल एच प्याटर्नमा राखिएको र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरलगायत विशेष फिचर रहेको कम्पनीले जनाएको छ।

हुन्डाईको १.२ लिटर पेट्रोल इन्जिन जडित  एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । गाडीमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

एक्सटर एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर र पहिलोपटक ६ वटा एयरव्याग राखिएको कम्पनीले जनाएको छ ।

गाडीमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जर लगायत अन्य सुरक्षित, कन्भिनियेन्ट र कम्फर्ट फिचर रहेको बताइएको छ।

६ किसिमका रङमा उपलब्ध एक्सटरका ईएक्स, एस र एसएक्स गरी तीन भेरियन्ट रहेको कम्पनीले जनाएको छ ।

ई भेरियन्टको मूल्य ३४ लाख ९६ हजार, एस भेरियन्टको ४० लाख ९६ हजार र एसएक्सको मूल्य ४४ लाख ९६ हजार रहने कम्पनीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro