site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् ।

राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई बिहीबार बालुवाटारमा सम्बोधन गर्दै उनले भने, “विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिन्छ ।”

राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्बिर र भविष्य अन्तर्निहित हुने उनले उल्लेख गरे । प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई योगानुकूल परिष्करण गर्दै लैजानुपर्नेमा जोड दिए । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताए ।

प्रधानमन्त्रीले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, “नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ मेरो अपेक्षा त्यही छ ।”

विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकामा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझाव दिए ।

विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइ अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने उनले विश्वास दिलाए । प्रधानमन्त्रीले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रम व्यवस्थित तुल्याउन सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने उनको सचिवालयले जनाएको छ ।

मधेस प्रदेश ज्ञान–विज्ञानको केन्द्र 
प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेश ज्ञान–विज्ञानको केन्द्र भएको पनि बताए । राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, “संघीय संरचनाअन्तर्गत मधेस प्रदेशमा रहेको सम्पूर्ण मधेस प्रदेशलाई पुनः ज्ञान–विज्ञानको केन्द्रका रूपमा विकास गर्ने सरकारको नीति छ ।”

ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकका नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख गरे ।

विश्वविद्यालयको आवश्यकता र औचित्य बोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, “वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ । यहाँहरूको अथक् प्रयास, अटल प्रतिबद्धता, प्राज्ञिक कर्मका निम्ति आभार व्यक्त गर्दछु ।” रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro