खेल
काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको नेपाली टिमका कप्तान देव खनाल चौथो विकेटको रूपमा आउट भएका छन् ।
दक्षिण अफ्रिकाको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट कप्तान देवले ३५ रन थपे । देव आउट भएसँगै नेपालले चौथो विकेटका बनाएको ६२ रनको साझेदारी तोडिएको छ । २९–३ को अवस्थाबाट देव र विशालविक्रम केसीले नेपालको इनिङ सम्हालेका थिए ।
जारी खेलको २८.२ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ९६ रन बनाएको छ । हाल क्रिजमा रहेका विशाल २३ र गुल्सनकुमार झा शून्यमा खेलिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० १५:५१
प्रतिक्रिया दिनुहोस्