site stats
बाह्रखरी :: Baahrakhari
कला
३३ प्रतिशतभन्दा धेरै कर लगाइएको भन्दै २२ गते हल बन्द गर्दै संघ

काठमाडौं । नेपाल चलचित्र संघले करको विरोधमा यही माघ २२ गते चलचित्र घरहरू बन्द गरिने भएको छ । मूल्यअभिवृद्धि कर तथा कर्पोरेट कर लागु भएपछि अन्य कर नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन करलगायत विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै संघले २२ गते देश भरका हल बन्द गर्ने भएको हो । 

मूल्यअभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करको खारेजीको माग गर्दै सांकेतिक रूपमा २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरू बन्द गर्ने निर्णय भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघले चलचित्र क्षेत्रले ३३ प्रतिशतभन्दा धेरै कर तिर्नु परेको दाबी गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व नेपालमा करिब ४५० चलचित्र घरहरू सञ्चालनमा रहेकोमा अहिले यो संख्या १५० छ । सञ्चालनमा रहेका चलचित्र घरहरूको व्यवसाय शून्यप्रायः रहेको संघको दाबी छ । 

Nepal-Chalachitra-Sangh-1706677453.jpg
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्