site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ठमेलबाट जुवातास खेलिरहेका ११ जना साढे १३ लाख रुपैयाँसहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीले १३ लाख ६२ हजार ५०० रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित अमला रोकामगरले सञ्चालन गरेको होटल भियानाबाट रकमसहित ११ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

Dabur Nepal
NIC Asia

पक्राउ पर्नेमा काठमाडौं जोरपाटीका ५४ वर्षीय अरूण घिमिरे, काभ्रेपलाञ्चोकका ४४ वर्षीय हरिबोल खनाल र २८ वर्षीय किशोर अधिकारी,  चितवनका ४१ वर्षीय दीपक गुरुङ, नुवाकोटका ४४ वर्षीय कृष्णबहादुर राई, २८ वर्षीय शंकर शाही र ३० वर्षीय राजु पन्त रहेका छन् ।

यसैगरी रूपन्देहीका २६ वर्षीय घनश्याम शर्मा, रोल्पाका ३६ वर्षीय लिला डाँगी, बाँकेका ४० वर्षीय मेघनाथ बुचबन्दिया र गोरखाका ३५ वर्षीय अर्जुन गुरुङलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले ज्याठास्थित होटल भियनामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । रासस
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  २३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro