site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ जापान प्रस्थान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ मंगलबार जापानको टोकियो प्रस्थान गरेका छन् । जापान स्पोर्ट्स काउन्सिल (जेएससी)को निमन्त्रणमा सदस्य–सचिव घिसिङ, राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक कृष्णप्रसाद तिमिल्सिना र सदस्य–सचिवको सचिवालयकी सुलोचना सिजाख्वासहित ३ सदस्यीय टोली जापान प्रस्थान गरेको हो ।

जापानमा रहँदा राखेप र जेएससीका पदाधिकारीबीच दुई पक्षको सहकार्य सम्बन्धमा हुने बैठकमा सदस्य–सचिव घिसिङ सहभागी हुने छन् । साथै जेएससी मातहतका हाइ पर्फमेन्स सेन्टर, जापान स्पोर्ट्स साइन्स, स्पोर्ट्स फर टुमोरो कार्यक्रमको अवलोकन पनि गर्ने छन् ।

Dabur Nepal
NIC Asia

त्यसपछि सदस्य–सचिव घिसिङ दक्षिण कोरियाको सिओलमा फेब्रुअरी ६ तारिखमा हुने ग्लोबल स्पोर्ट्स टुरिजम प्लेनममा सहभागी हुनुका साथै कार्यक्रमलाई सम्बोधन समेत गर्ने छन् । सिओलको कार्यक्रममा सदस्य–सचिव घिसिङ मात्र सहभागी हुने छन् ।

जापान प्रस्थान गर्नुअघि सदस्य–सचिव घिसिङले राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरी भ्रमणको उद्देश्य र एजेन्डा बारे जानकारी गराएका थिए । भ्रमणको विषयमा सदस्य–सचिव घिसिङले राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई पनि भेट गरी जानकारी गराएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro