site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री साउद 

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । 

काठमाडौंस्थित कोरियन दूतावासले मंगलबार होटेल याक एन्ड यतिमा आयोजना गरेको नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले सो आग्रह गरेका हुन् । 

Dabur Nepal
NIC Asia

उनले भने, “ठूलो संख्यामा कोरियाली कम्पनी, उद्योगीलाई र लगानीकर्ताहरूलाई स्वागत गर्न तत्पर छौँ ।”

परराष्ट्रमन्त्री साउदले दुवै मुलुकबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेको समेत बताएका छन् । उनले भने, “हामीबीच आर्थिक साझेदारीका सम्भावनाहरू अन्वेषण गरौँ । द्विपक्षीय व्यापार अभिवृद्धि गरौँ र लगानी बढाऔँ ।”

उनले कृषि, उर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन् । 

मन्त्री साउदले भने, “कोरियामा हजारौँ नेपाली कामदार छन् । नेपालीहरूले थप अध्ययनका लागि कोरिया रोजेका छन् । हजारौँ कोरियाली पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । कोरियालीहरूको ठूलो संख्याले नेपालमा लगानी गरेको छ । आगामी दिनहरूमा, हामी यसलाई साझेदारीलाई थप विस्तार गर्नेछौँ ।” 

परराष्ट्रमन्त्री साउदले उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई पनि गति दिने उल्लेख गरेका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro