site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साविक विजेता सेनेगललाई हराउँदै आइभोरी कोस्ट क्वार्टरफाइनलमा

काठमाडौं । साविक विजेता सेनेगललाई पेनाल्टी सुटआउटमा ५–४ ले स्तब्ध बनाउँदै घरेलु टिम आइभोरी कोस्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलको पेनाल्टीमा सेनेगलबाट तेस्रो प्रहारका निम्ति आएका मोउसा निएखात गोल गर्न चुके । आइभोरी कोस्टका पाँचै खेलाडीले गोल गरेपछि घरेलु टिमले अन्तिम–८ को यात्रा तय गर्‍यो ।

त्यसअघि, खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएको थियो । चौथो मिनेटमा हबिब डिएलोले गोल गर्दै सेनेगललाई अग्रतामा राखेका थिए । तर, निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा फ्रान्क केसाईले प्राप्त पेनाल्टी सदुपयोग गर्दा आइभोरी कोस्ट खेलमा फर्किएको थियो ।

केप भर्ड पनि क्वार्टरफाइनलमा
आइतबार राति नै भएको अर्को खेलमा मौरिटानियाविरुद्ध १–० को जित निकाल्दै केप भर्ड पनि प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । केप भर्डको जितमा र्‍यान मेन्डेसले ८८औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै निर्णायक गोल गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro