site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेरोजगारी बढाउन घोकन्ते शिक्षाले सहयोग गर्‍यो : शेखर कोइराला  

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले बेरोजगारी बढाइरहेको बताएका छन् । 

सोमबार शैलजा आचार्य स्मृति पोलिटेक्निकको २२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मोरङमा आयोजित कार्यक्रममा बाल्दै उनले रटेर मात्रै नहुने बताए । 

नेता कोइरालाले केवल शब्द रटानले मात्रै देश नबन्ने भन्दै विकासका लागि प्राविधिक जनशक्ति आवश्यकता रहेको बताए । उनले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्यका क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्ने बताए । 

“अहिलेको समयमा केवल किताबी ज्ञानले मात्रै न व्यक्तिको जीवन चल्छ न देश उन्नतिको बाटोमा जान्छ, जबसम्म राज्यले युवालाई व्यावसायिक शिक्षा दिन सक्दैन र उद्यमशिल बनाउन सक्दैन तबसम्म देश समृद्धिको बाटोमा जान सक्दैन,” उनले भने । 

कार्यक्रममा बोल्दै नेता कोइरालाले अन्तर्राष्ट्रिय बजारमा बिक्ने व्यावसायिक र प्राविधिक जनशक्ति तयार गर्ने कुरामा राज्य चुकिरहेको कोइरालाले बताए । राम्रो प्राविधिक जनशक्ति तयार गर्दा वैदेशिक रोजगारीमा जानेले पनि राम्रो काम पाउने र स्वदेशमै बस्नेले पनि राम्रो आय–आर्जन गर्न सक्ने उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro