site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीले उमेरहद नराख्ने, यस्ता छन् बैठकका निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी १९९ सदस्यीय हुने भएको छ । केन्द्रीय परिषद्को बैठकले विधानमा केन्द्रीय सदस्यको संख्या १९९ बनाउने निर्णय गरेको हो ।

बैठकले केन्द्रीय पदाधिकारीको संख्या १९ रहने निर्णय गरेको छ । प्रदेश कमिटीमा ७५–९९ सदस्य रहने छन् । प्रदेश कमिटीमा एकजना अध्यक्ष, दुईजान उपाध्यक्ष, एकजना सचिव र तीनजना उपसचिव रहने छन् ।

त्यस्तै, एकमात्रै निर्वाचन क्षेत्र भएको जिल्ला कमिटीमा ५५ सदस्य रहने निर्णयमा उल्लेख छ । एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा एक महिलासहित तीनजना थप्ने निणय भएको छ । जिल्ला कमिटीका सातजना पदाधिकारी रहने छन् । स्थानीय कमिटीमा पाँच पदाधिकारी रहने निर्णय भएको छ ।

सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशन/अधिवेशनबाट निर्वाचित हुने निर्णय बैठकले गरेको छ । वडा कमिटीमा ३५ सदस्य रहनेछन् ।

बैठकले विधानमा उमेरहद नराख्ने पनि निर्णय गरेको छ ।

 

NCP-S1-1706529994.jpgNSP-S2-1706529994.jpg

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro