देश

काठमाडौं । झापामा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष धिमाल रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
धिमालले ती बालिकालाई मेचीनगर नगरपालिका–१२, चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० ११:५८
प्रतिक्रिया दिनुहोस्