site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भिजिट भिसाको 'धन्दा गर्ने' अध्यागमनका सात अधिकृत फरार सूचीमा

काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा पठाउने गिरोहसँग मिलेर विदेश पठाउने धन्दामा लागेको आरोप लागेका सात अध्यागमन कार्यालयका अधिकृत फरार भएका छन् ।

प्रहरी अनुसन्धानबाट नक्कली कागजात बनाउने गिरोहसँग मिलेर उनीहरूले प्रतिव्यक्ति ४० हजारदेखि माथि रकम लिएर पठाउने गरेको खुलेको छ । नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत मंसिरमा अपरेसन चलाएको थियो ।

Dabur Nepal
NIC Asia

अपरेसनका क्रममा घुस लिँदालिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का पक्राउ परेका थिए । २६ मंसिरमा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्दै जाँदा अन्य कर्मचारीको समेत संलग्नता खुलेको हो ।

प्रहरीले नक्कली कागजात बनाएर पठाउने गिरोहमाथि संगठित अपराध मुद्दामा अनुसन्धान गरेर आइतबार प्रतिवेदन सरकारी वकिलको कार्यालय बुझाएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनमा खड्काको बयानका आधारमा थप सातजना अध्यागमनका अधिकृतको समेत संलग्नता खुलेको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई पक्राउ नै नगरी प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

काठमाडौं प्रहरी स्रोतका अनुसार फरार रहेका अध्यागमन अधिकृतहरूमा शैलेन्द्र ढकाल, विष्णु अर्याल, पीताम्बर रिमाल, कुशल बराल, विमल पौडेल, विकास डंगोल र सुजन फागो लिम्बु रहेका छन् ।

पक्राउ पुर्जीसमेत जारी भइसकेकाहरूलाई प्रहरीले पक्राउ नै गर्न नसकेपछि फरार प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन वकिल कार्यालय बुझाएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro