site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रोगहरूको व्यवस्थापनका निम्ति एकीकृत मार्गदर्शन बनाउन विज्ञको जोड 

काठमाडौं । नसर्ने रोगहरूको व्यवस्थापनका निम्ति एकीकृत मार्गदर्शन बनाउन जरुरी रहेको विज्ञले बताएका छन् । ७१औँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो बताइएको हो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्राले रोग नियन्त्रणका निम्ति एकीकृत ‘केस रिडिङ’ र सामुदायिक निगरानी तथा ‘सर्भिलेन्स’ आवश्यक रहेको औँल्याइन् । कुष्ठरोग नियन्त्रणका लागि समुदायस्तरमा राम्रोसँग निगरानी गर्न नसकिएको उनको भनाइ छ ।

कुष्ठरोग मधेस प्रदेशमा बढी देखिएको र अधिकांश युवा तथा बालबालिका रोगी भएको उनले उल्लेख गरिन् ।

‘इन्टिग्रेटेड डिजिज केस फाइनिङ’ र ‘इन्टिग्रेटेड डिजिज सर्भिलेन्स’को अब समय भइसकेको र एकीकृत रूपमा गए मात्र फरक–फरक रोगहरूको नियन्त्रण सम्भव रहेकामा उनले जोड दिइन् ।

कार्यक्रममा वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले विभिन्न रोगहरूका छुट्टै ‘रोडम्याप’ भए पनि अब एकीकृत रूपमा अघि बढ्न जरुरी रहेको बताए । रेबिज रोगका निम्ति ‘वान हेल्थ रणनीति’ तयार गरिए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले सुनाए ।

कुकुरको टोकाइबाट हुने रेबिजलाई शून्यमा झार्न ७० प्रतिशतभन्दा बढी सामुदायिक कुकुरलाई खोप लगाउने अभियान सुरु गर्न जरुरी रहेको उनको भनाइ छ ।

जलवायु परिवर्तनको असर अत्यधिक बढेकाले डेंगी हिमालसम्मै देखिने गरेको र यसमा अध्ययनका कार्यक्रम अघि बढाउनुपर्ने उनले औँल्याए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro