site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य बिमाअन्तर्गतका सबै सेवा शुल्क परिमार्जन गर्दै बोर्ड 

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले ‘सुविधा थैली’अन्तर्गतका सेवा शुल्क परिमार्जन गर्ने भएको छ ।

बोर्डले पहिलो चरणमा औषधिको मूल्यसम्बन्धी सुझाव माग गरेको छ । एक हजार २०८ औषधिको नयाँ मूल्यसूची प्रस्ताव गरी बोर्डले सरोकारवालाबाट सुझाव मागेको हो । स्वास्थ्य बिमा कार्यक्रम सुरु भएयता पहिलोपटक शुल्क समायोजन गर्न लागिएको बोर्डले जनाएको छ ।

“सेवाग्राहीलाई लाभ हुने गरी बजार मूल्य घटेको औषधिको मूल्य घटाउने र बढेकाको बढाउने गरी नयाँ सूची प्रस्ताव गरेको हो,” बोर्डका निर्देशक डा. दामोदर बसौलाले बाह्रखरीसित भने ।

qewfg-1706424335.jpg
 

सुविधा थैलीअन्तर्गतका अन्तरंग, बहिरंग, परीक्षण, शल्यक्रिया, औषधिलगायत सबै ‘प्याकेज’मा शुल्क परिमार्जन गर्न लागिएको छ । बोर्डका स्वास्थ्य अर्थविद् शुभेच्छा तिवारीको संयोजकत्वमा यसअघि नै शुल्क समायोजन समिति गठन गरिएको थियो । समितिले पछिल्लो एक वर्षयता सेवा शुल्क समायोजनमा काम गरी नयाँ ‘ड्राफ्ट’ तयार पारेको डा. बसौलाले बताए ।

स्वदेशी र विदेशी विज्ञ समेत राखेर नयाँ ड्राफ्ट तयार पारिएको हो । यसलाई अन्तिम रूप दिन थप विज्ञ र सर्वसाधारण समेतको सुझाव मागिएको उनको भनाइ छ ।

बोर्डले पछिल्लोपटक ओपीडी प्रतिटिकटको शुल्क घटाएर ५० र इमर्जेन्सीको १०० रुपैयाँमा कायम गरेको थियो । यही माघ ८ गतेअघि ओपीडी प्रतिटिकट शुल्क २०० र इमर्जेन्सी सेवा शुल्क ४०० रुपैयाँ थियो

प्रस्तावित नयाँ मूल्यसूची हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro