site stats
बाह्रखरी :: Baahrakhari
खेल
अफगानिस्तानविरुद्ध कप्तान देव अर्धशतक बनाएर आउट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध नेपाली टिमका कप्तान देव खनाल अर्धशतक बनाएर आउट भएका छन् । 

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा जारी खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले कप्तान देवलाई ५८ रन बनाएर आउट भए । १५–२ को कठिन अवस्थामा ब्याटिङमा लागि आएका देवले ८९ बलमा सात चौका प्रहार गरे । 

जारी खेलको ३७ ओभर समाप्त हुँदा नेपालले सात विकेट गुमाएर १२७ रन बनाएको छ । त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्